सीता एयरको जहाज बँदेलसँग ठोकिएर दुर्घटना !

कार्तिक – १६ । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । 

दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नाेजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले रातोपाटीलाई बताए । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here