सीता एयरको जहाजसँग बँदेल ठोक्किए

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

बँदेल ठोक्किएपछि चालकदलले तीव्र गतिमा गुडिरहेको जहाजको टेकअफ रिजेक्ट गरेका थिए ।अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको बताए ।

नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here