एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज धादिङका विभिन्न स्थानमा भब्य स्वागत

कार्तिक – १५ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज धादिङका विभिन्न स्थानहरुमा भव्य स्वागत गरिएको छ। आज केही नेताहरू सहित काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन जानेक्रममा ओलीलाई धादिङका एमाले कार्यकर्ताले राजमार्गका ठाउँ–ठाउँमा रोकेर स्वागत गरेका हुन्। गाडी यात्राको क्रममा ओलीलाई जिल्लाको धुनिबेसी, महादेबबेसी, गल्छी, आदमघाट, गजुरी मलेखु लगायतका स्थानहरुमा स्थानीयबासीले ठाउँठाउँमा स्वागत गरेका थिए। केपि ओली राजमार्गमा आउने खबर पाएपछि स्वागतका लागि गाउँगाउँबाट वृद्धवृद्धा, महिला, युवा र कार्यकर्ताको भीड लागेको थियो ।
गल्छी गाउँपालिकामा पत्रकारहरु केपि ओलीले सम्बोधन गर्ने आशामा पत्रकारहरु समेत जम्मा भएका थिए। तर केपि ओलीले सम्बोधन नगरि जताततै सम्मान थापेर चितवन पुग्नु भएको छ।ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साह लगायतका केन्द्रीय नेताहरू थिए ।
ओलीले भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्ने र १६ गते नै माडी अयोध्याधाम पुग्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here