११ बर्ष पछि फिल्मी क्षेत्रमा फर्किए नायक फरदीन खान

बलिउडमा दर्जन भन्दा बढी फिल्ममा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेका नायक फरदीन खान ११ बर्ष पछि फेरी फिल्ममा कमब्याक गर्दैछन् । उनी चलचित्र बिस्फोट मार्फत बलिउडमा फेरी कमब्याक गर्न लागेका हुन् । सनु २०१० मा दुल्हा मिल गया फिल्म गरेपछि उनी त्यतिकै बसिरहेका थिए । बलिउड अभिनेता रितेश देशमुखले विस्फोट’को छायांकन सुरु भएको जानकारी दिएका छन् । फरदीन संगै रितेश पनि यस फिल्ममा देखिदैछन् । कूकी गुलाटीले निर्देशनमा बन्न लागेको यो फिल्ममा प्रिया बापट पनि प्रमुख भूमिकामा देखिने छिन् ।
फिल्मको छायांकन सुरु भएको जानकारी दिँदै आफ्नो सामाजिक सञ्जालमा रितेशले लेखेका छन, ‘विस्फोटको यात्रा सुरु भयो। सञ्जय गुप्ता, भूषण कुमार, कूकी गुलाटी, प्रिया बापट र मेरो प्यारो साथी तथा नजिकको मित्र फरदीन खानसँग काम गर्न उत्साहित छु।’ यो फिल्म सञ्जय गुप्ता र भूषण कुमारले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फरदीन खानले प्रेम आगन,जंगल, कित्ने दुर कित्ने पास, फिदा, नो इन्ट्रि, सादी नम्बर वान, प्यारे मोहन लगायतका फिल्ममा अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here