प्रदेश १ का मुख्यमन्त्री आचार्य द्वारा राजीनामा

कार्तिक – १५ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) प्रदेशसभा बैठक बसेको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन् ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४१ सांसद छन्। सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ। एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।
विपक्षी गठबन्धनसँग ५० सांसद रहेको छ। कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपासमेतको गठबन्धनले नेकपा (एस)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ। गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here