जाडो मौसम सुरु भए सगै बढेको भाइरल ज्वरोको प्रकोप बाट कसरी बच्ने ?

जाडोको मौसम शुरू भइसकेको छ । जाडो लागेपछि ब्याक्टेरियल संक्रमणका कारण रुघाखोकी र ज्वरोको समस्याले सताउन थाल्छ । 

यो बेलामा इम्युनिटी कमजोर बन्न हुँदा रोगसँग लड्ने शरीरको क्षमता घटेको हुन्छ । यहाँ हामी इम्युनिटी र पाचनतन्त्रलाई बलियो बनाउने आहारका विषयमा जानकारी दिन्छौं । 
अदुवा
अदुवामा एन्टीब्याक्टेरियल, एन्टीमाइक्रोबियल, एन्टीअक्सिडेन्ट लगायतका गुण हुन्छन् । यसको सेवनले इम्युनिटी द्रुत गतिमा बढ्छ । रुघाखोकी र गलामा खसखसको समस्याबाट राहत मिल्छ । तरकारीमा राखेर वा महसँग वा चिया बनाएर अदुवा सेवन गर्न सकिन्छ । 
मह
मह पोषक तत्त्वले भरपूर हुन्छ । यसको सेवनले गला र श्वासप्रश्वासको समस्या हट्छ । महले शरीरलाई आर्द्र राखिरहन्छ अनि इम्युनिटीलाई पनि बलियो बनाउँछ । बिहानै उठेर मनतातो पानीमा मह र कागतीको रस राखेर पिउने गर्नुस् । यसले चिसोबाट आराम दिनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । 
लसुन
लसुनमा पोषक तत्त्व र औषधीय गुण हुन्छ । यसको सेवनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट मुक्त गर्छ । यसले इम्युनिटी र पाचनतन्त्र बलियो बनाउँछ । दिनदिनै दुईवटा लसुनका काँचै खानुभए हुन्छ । पानी उमालेर त्यसमा लसुन राखेर पनि पिउन सक्नुहुन्छ । 
सुप
बजारमा विभिन्न किसिमका सुपहरू पाइन्छन् । त्यस्ता सुपलाई पानीमा उमालेर पिउन सक्नुहुन्छ । यसको सेवनले ज्वारो र छातीमा जमेको कफबाट मुक्ति पाइन्छ । 
केरा
केरामा प्रचुर फाइबर हुन्छ । त्यसको सेवनले पाचनतन्त्र बलियो बन्छ । केरामा चिसोसँग लड्ने पोषक तत्त्व तथा क्यालोरीहरू पाइन्छ । कतिपयले चाहिँ केरा जाँदा चिसो गढ्छ पनि भन्छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here