प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागे एक अफगान नागरिक

कार्तिक – १० । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् ।

असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए ।
यूएनएचसीआरको शरणपछि उनीसहित ७ जना सिनामंगलको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी बसेका थिए ।
होटललाई अग्रिम भाडाबापत १० हजार दिइसकेका थिए । होटलमा टिपाएको विवरणमा अजमलले आफूहरू भ्रमणका क्रममा आएको उल्लेख गरेका छन् । उनले नेपालमा रहँदा प्रयोग गर्न लिएको मोबाइल नम्बर स्विच अफ छ । दिल्लीबाट समूहगत रूपमा नेपाल ल्याउने मुख्य व्यक्ति नै उनी रहेको हुन सक्ने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here