कात्तिक १२ गतेदेखि गोदावरी पुष्प प्रदर्शन हुँदै ।

काठमाडौ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी कात्तिक १२ गतेदेखि १४ औं गोदावरी पुष्प प्रदर्शन हुने भएको छ । एशोसिएसन नेपालले एक पत्रकार सम्मलेन गर्दै आगामी १२ गतेदेखि १५ गतेसम्म प्रदर्शन हुने जानकारी दिएको हो ।

कोरोना महामारीका कारण गत वर्ष कुनै पनि प्रदर्शन गर्न पाएका थिएन । यो वर्ष भने एशोसिएसनले तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शन गर्ने भएको हो । एशोसिएनसनले उक्त प्रदर्शन मेला जावलाखेलको खेल मैदानमा सञ्चालन हुने एशोसिएसनका उपाध्यक्ष सिताराम पन्तले जानकारी दिए ।
सो मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामुलक स्टल गरी ४८ वटा प्रदर्शनी कक्षहरू हुनेछ । सो स्टल कक्षबाट ८ लाख रुपैयाँ रकम संकलन हुने एशोसिएसनले जनाएको छ । जसमा ४ लाख रुपैयाँ बागमति प्रदेशले प्रदान गरेको छ भने ४ लाख टिकटबाट उठ्ने अपेक्षा गरेको छ । एशोसिएसनकाअनुसार मेलामा १६ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

हरेक वर्ष प्रदर्शनमा प्रतिस्पर्धा हुदै आएको उक्त मेलामा यो वर्ष भने नहुने भएको छ । ‘छाटो समयमा पुष्प प्रदर्शनी कार्यक्रम तय भएकाले र कोभिडको निरन्तर भइरहँदा पुष्प व्यवसायीहरू प्रतिस्पर्धाकालागि आवश्यक पर्ने फूलविरुवा तयारी गर्न नसकेको कारण यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन,’ पन्तले भने ।
तर, मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई एक स्टललाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल विरुवाहरूको र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूल विरुवाहरूको समेत प्रदर्शन तथा बिक्री वितरण हुनेछ । जसमा सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको प्रदर्शनमा समावेश हुनेछ ।

त्यस्तै, एशोसिएसनले सो मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरेको छ । साथै, ५० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा लिएको उपाध्यक्ष पन्तले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here