नेकपा ए.स. रुबिभ्याली वडा न ३ र ४ को अधिबेशन सम्पन्न ; युवा सघं र महिला संघ बिस्तार

कार्तिक – ८ । नेकपा एकीकृत समाजबादी रुबिभ्याली गाउँपालिका वडा न ३ र ४ को वडा अधिबेशन सम्पन्न भएको छ साथै युवा सघं र अखिल नेपाल महिला सघंको बिस्तार समेत गरिएको छ ।

वडा न. ३ को इन्चार्जमा अमर लामा एबं अध्यक्ष निम्मा घले , उपाध्यक्ष फैसिङ तामाङ , सचीव नरेश तामाङ लगायतको ४१ सदस्यीय कार्यसमिति निर्माण गरिएको समीर तामाङले होराईजन खबरलाई बताए ।

त्यसै गरि वडा न. ४ को अध्यक्षमा छिरिङ तामाङ, उपाध्यक्ष नर तामाङ, सचीव बेग बहादुर तामाङ लगायतको २७ सदस्यीय कार्यसमितिको निर्माण गरिएको छ ।

वडा अधिबेशन सगै उक्त समारोहमा युवा सघं एबं अखिल नेपाल महिला सघंको कमिटी बिस्तार समेत गरिएको तामाङले बताए ।

वडा न ३ मा युवा सघंको अध्यक्षमा थर लामा तामाङ, उपाध्यक्ष गोबिन्द तामाङ, सचिव प्रकाश तामाङ लगायतको ३३ सदस्यीय कार्यसमितिको निर्माण गरिएको छ ।

वडा न ४ को युवा सघंमा अध्यक्ष उमेश तामाङ , उपाध्यक्ष मुकुमान तामाङ लगायतको ७ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

त्यसै गरि अखिल नेपाल महिला सघं वडा न ३ मा अध्यक्ष मिलिमाया तामाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिको गठन गरिएको छ । त्यसै गरि वडा न ४ मा अध्यक्ष सम्झना तामाङको नेतृत्वमा ७ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एकीकृत समाजबादिका जिल्ला उप-सचिव जिबन तामाङ, जिल्ला सदस्य एबं धादिङ काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष रेसम तामाङ, जिल्ला सदस्य रिकमान तामाङ एबं युवा सघं धादिङका जिल्ला सदस्य समीर गुरुङ, राहुल तामाङ लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here