सुडानमा ‘सैन्य कु’

एजेन्सी । सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।

सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि तर प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् ।
सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँग्र सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएको देखिएको बीबीसीले बताएको छ । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here