टी-२० विश्वकप अन्तर्गत पाकिस्तान द्वारा भारतमाथि सानदार जित !

कार्तिक – ७ । आइसिसी टी-२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ। आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो।

टी-२० र एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो। 
सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो।
आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो। 

पाकिस्तानलाई लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउ ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। 
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।
भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।  

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।
बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा  ३० रन खर्चिए। 
हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here