रुसमा एकैदिन एक १ हजार ७५ जनाको कोरोनाले ज्यान गयो; सङ्क्रमण तीब्र

कार्तिक – ७ । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ ।
यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ ।
यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।
यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ ।
रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ ।

शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ ।
यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here