रुबिभ्यालिमा कहिले केन्द्रिय प्रसारण लाईन बिस्तार होला ?

धादिङको उत्तरी क्षेत्रमा पर्ने प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण रुबिभ्याली गाउँपालिका, भौतिक बिकासमा भने अन्य पालिकाको तुलनामा अझै धेरै पछाडि रहेको छ । जसो तसो पालिका सम्म कच्ची एबं जोखिमयुक्त सडक संजाल पुगे पनी बर्खा यामको समयमा करिब ४ देखि ६ महिना सम्म यातायात सेवा बन्द हुने गर्दछ ।

हालै पछिल्ला केही समय यता उत्तरी क्षेत्रको खनियाबास , गङ्गाजमुना लगायतका गाउँपालिकाको धेरै जसो स्थानमा केन्द्रिय प्रसारण लाईन बिस्तार भैसक्दा रुबिभ्यालिमा भने अझै कहिले केन्द्रिय लाईन पुग्ने भन्ने कुरा अनिश्चित बनेको छ ।

केन्द्रिय लाइन प्रसारणको अपरिपक्व प्रयास
बिगत लामो समय देखि बोराङ्ग सम्म सडकको आसपास खम्बाहरु गाडिएको देखिन्छ । अनि हरेक बर्ष बर्षादको मौसममा सडक सगै खम्बाहरु पनि पहिरोले लडाउने गर्दछ । यो प्रक्रिया निरन्तर चलिरहेको छ ।

बोराङ्ग गाउँ देखि लापा, खाडिङ सम्म गाडिएको हालको खम्बाहरुको पनि अबस्था त्यस्तै हुने देखिन्छ । जहाँ जहाँ खम्बा गाडिएको छ त्यही बाट सडकको लागि DPR भएको छ । यसर्थ निकट भबिस्यमा नै धेरै जसो ती खम्बाहरु सडकको निम्ति हटाउनु पर्ने देखिन्छ ।

१२ घण्टे लोडसेडिङको अवस्था
हाल रुबिभ्याली भरी नै लघु जलविद्युत मार्फत बिजुली उत्पादन गरि साझ बेलुकाको लागि विद्युत संचालन भैरहेको छ । लापा ठुलो गाउँमा संचालित विद्युत साझ ६ बजे देखि बिहान ६/७ बजे सम्म खुल्ला हुन्छ अनि दिनभरि बन्द हुने गर्दछ । अन्य पालिका भरिकै लघु जलविद्युतले नि यस्तै किसिमले विद्युत प्रसारण गरिरहेको छ ।

जस्ले गर्दा दिउँसोको समय बिजुली बत्ती उपलब्ध नहुदा अन्य मेसिन, औजार, मिलहरु संचालन गर्न कठीन भैरहेको छ । कहिले त त्यही लघु जलविद्युत पनि विभिन्न कारण अबरुद्ध हुँदा महिनौ बिजुली बिना कष्टकर जिबन बिताउन बाध्य छन रुबिभ्यालिका जनताहरु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here