कोरोना भाइरसको डेल्टा ‘प्लस’ भेरिअन्ट झन् सङ्क्रामक हुन सक्ने : बेलायती विशेषज्ञ

एजेन्सी । कतिपयले डेल्टा ‘प्लस’ भनिरहेको कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरिअन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने यूकेका विशेषज्ञहरूले बताएका छन्।

यूकेको हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)ले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई “अनुसन्धानको क्रममा रहेको भेरिअन्ट”का रूपमा वर्गीकरण गरेको छ।

यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन।

अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन्।

यूकेमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरिअन्ट नै बढी पाइएको भए पनि “डेल्टा प्लस” वा AY.4.2 बाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ।

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ।

विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन्। (bbc)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here