बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ४८ र ३१ बेपत्ता ; गृह मन्त्रालय

कार्तिक – ३ । देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर ४८ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् । त्यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६-६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । 
पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । यो क्रम आज पनि जारी छ ।

हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here