प्रदेश सरकारले टोके अनुसार भारादर कार्यनयन गराउन धादिङका सर्वदलीय नेताहरुको माग

    
 

असोज – ३ । बागमती सरकारले केहि दिन अघि भाडादर वृद्धि गरे सगै धादिङका बस व्यवसायीहरुले तोकेको भन्दा बढी भाडादर बढाई यात्रुहरुलाई मारमा पारेको भन्दै तत्काल प्रदेश सरकारले टोकेको बमोजिम भाडादर कार्यनयन गराउन माग राख्दै, धादिङका राजनैतिक दलहरुले सीडीयोलाई ध्यानाकर्षण गराएका छन ।

माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका उप सभापति भक्त लामा, जसपा धादिङका अध्यक्ष राम ढकाल, अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला इन्चार्ज बिमल तामाङ लगायत दलका प्रतिनीधिहरुले आज धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई भेट गरी तत्काल बागमती प्रदेश सरकारले तोकेको भाडा दर कायम गराउन माग गरेका हुन् ।

बागमती सरकारले दशैं लगत्तै उपत्यका भित्र २८ प्रतिशद र उपत्यका बाहिर २३ प्रतिशद भाडा बढाए पनि धादिङका बस व्यवसायीहरु दशै अघिनै आफूखुसी २८ प्रतिशद बृद्धि गरी २३५ लिँदै आएका छन् । प्रदेश सरकारले तोकेको भाडादर अनुसार धादिङ-काठमाडौंको भाडादर २२६ रुपैया बनाउनु पर्नेमा व्यवसायीहरुले त्यो निर्णय मानि रहेका छैनन् ।