विवादको कारण खनियाबास समृद्धि समाज द्वारा आयोजित फुटबल खेल आजलाई स्थगित !

कार्तिक – १ । बिजय दशमीको अवसरमा खनियाबास समृद्धि समाजको आयोजनामा असोज २७ गतेबाट खनियाबास गा.पा. वडा न. २ मा संचालन भैरहेको फुटबल खेल विवादका कारण आजलाई स्थगित भएको छ ।

खेल विवाद हुनुका कारण नयाँ खेलाडीलाई खेलाइएको साबिक झार्लाङ वडा न. ५ का खेलाडीहरुले बताएका छन । यसै कारण खेल बिहान हाफ सम्म खेलेर दिउँसो भरी रोकिएको होराईजन सम्बाददाता अनिस तामाङले बताए ।

यद्यपि, अविरल बर्षात भए पनि हेर्ने दर्शक भने पानीमा रुज्दै विवाद समाधान भै पुर्ण खेल संचालन होला कि भन्ने आशमा खाली खेल मैदानको वरपर बसिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here