अक्षय कुमार एक युद्ध नायकको जीवनीमाथि बन्ने फिल्म ‘गोर्खा’ को मुख्य भूमिकामा

कार्तिक – १ । बलिउडका अभिनेता अक्षय कुमार एक युद्ध नायकको जीवनीमाथि बन्ने फिल्म ‘गोर्खा’को मुख्य भूमिकामा देखिने भएका छन् । आनन्द एल रायको फिल्म ‘गोरखा’ मेजर इयान कार्डोजोको जीवनीमाथि बन्ने भएको हो ।
अक्षय भन्छन्- ‘गोर्खा फिल्म बनाउन पाएकोमा गर्व र सम्मानित महसुस गर्दैछु’

अक्षय कुमारको गोर्खाको पोस्टर यही शुक्रबार सार्वजनिक गरियो । पोस्टरमा अधिकृतको रुपमा देखिएका अक्षयले लेखेका छन्, ‘गोरखा महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमाथि बनेको यस्तो फिल्म हो । एक आदर्श व्यक्तिको भूमिका निभाउनु र यस विशेष फिल्म प्रस्तुत गर्न पाउँदा म सम्मानित महसुश गरिरहेको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here