नुवाकोट बाट काठमाडौ जाँदै गरेको बस दुर्घटना !

    कार्तिक – १ । नुवाकोट बाट काठमाडौ जाँदै गरेको बस नुवाकोट जिल्लाको किस्पाङ गाउपालीका वार्ड नम्बर ५ को मनकामनाको भुमीस्थान स्थित भाल्चेमा दुर्घटना भएको छ।
    दुर्घटनामा २० जनाभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    घाइतेलाई प्रहरीले एम्बुलेन्स मार्फत त्रिशुली अस्पताल ल्याइरहेको छ । घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
    वसमा क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here