खनियाबास २ झार्लाङमा भएको छ्योला प्रतियोगितामा राजेन्द्र तामाङ बिजयी !

असोज – २८ । हिन्दुहरुको महान चाड बिजय दशमीको अवसरमा अघिल्ला बर्षहरुमा जस्तै खनियाबास २ , साबिकको झार्लाङ ३ कोकिन खेल मैदानमा छ्योला प्रतियोगिता साथै गोरु जुधाइ कार्यक्रम सप्पन्न भएको छ ।

छ्योला प्रतियोगितामा १६ जना सहभागी लाई पछाडी पार्दै राजेन्द्र तामाङ (गोबिन) प्रथम भएका हुन ।

साथै गोरु जुधाइमा फैसिङ तामाङको गोरु प्रथम हुन सफल भएको, स्थानीय प्रसान्त तामाङले होराईजन खबर लाई जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here