ताइवानको एक भवनमा आगलागी हुदा ४६ जनाको मृत्यु , ४१ घाइते !

एजेन्सी । ताइवानको दक्षिणी क्षेत्रस्थित एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन् ।

ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे अचानक आगलागी भएको हो । आगलागीका कारण केही तला ध्वस्त भएका छन् ।

अधिकारीहरुका अनुसार घटनास्थलबाट ३२ शव सिधै शवगृहमा लगिएको थियो । साथै ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो । ताइवानमा मृतकको पुष्टि अस्पतालले मात्रै गर्नपाउने प्रावधान छ ।
स्थानीय टेलिभिजनमा आगलागीको भिडियो समेत देखाइएको थियो । जहाँ सुन्तला रंगमा आगो लागिरहेको दृश्य भिडियोमा देखिन्छ । साथै घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको थियो । अधिकारीहरुका अनुसार आगलागी भएको उक्त भवन करिब ४० वर्ष पुरानो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here