अग्रगामी शक्तिहरुले आफुलाइ रुपान्तरण गरेर काङ्ग्रेस र एमालेको विकल्पका साथ स्थापित हुनुपर्दछ : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

४ दलीय गठबन्धन निर्वाचनसम्म जाने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनु भएको छ । शुक्रबार धादिङबेसीमा पत्रकारहरुसँग कुरा गर्दैै भट्टराईले सो कुरा बताउनु भएको हो ।

पूर्व माओवादीहरुबिचको ध्रुवीकरण सम्भव छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा भट्टराईले अग्रगामी शक्तिहरुले आफूलाई रुपान्तरण गरेर काङ्ग्रेस र एमालेको बिकल्पका रुपमा स्थापित हुनुपर्ने बताउनु भयो ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहनुभएका भट्टराईले देशका मूलभुत राजनैतिक परिवर्तनको विपक्षमा उभिएका केपि ओलीबाट देशको आमूल परिवर्तन र स्थायीत्वको कल्पना गर्नु ठूलो भुल भएको बताउँआमुल २-२ पटक ओलीले गरेको प्रतिगमनलाई सच्याउन सफल भएको जिकिर गर्नुभयो ।

पार्टी कार्यक्रमको शिलशिलामा गृहजिल्ला गोरखा जाने क्रममा शुक्रबार डा. भट्टराईले धादिङमा समसामयिक राजनैतिक अवस्थाको बारेमा पत्रकारहरुसँग अन्तरकृया गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here