अखिल (क्रान्तिकारी) बागमती प्रदेश सदस्यमा धादिङका ६ जना; थप दुई समानुपातिक बाट मनोनीत हुने

धादिङ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेशको सदस्यमा धादिङका ६ जना निर्वाचित भएका छन् । काठमाडौंमा भएको प्रथम सम्मेलनबाट धादिङका ५ सहित ९१ जना सदस्यीयहरु प्रदेश सदस्यमा चयन भएका हुन् ।

सम्मेलनबाट प्रदेश सदस्यमा धादिङका निवर्तमान जिल्ला संयोजक उपेन्द्र जमकट्टेल, जिल्ला इन्चार्ज बिमल तामाङ, किरण सिंखडा, विनोद आचार्य, उद्धव रिजाल र गणेश सापकोटा निर्वाचित भएका हुन् ।
त्यसै गरि समानुपातिक बाट दुई जना प्रदेश सदस्य पछि थप हुनेछन् ।

माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा क्रान्तिकारीको सम्मेलन भक्तपुरको सानोठिमीमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here