धादिङमा शुभारम्भ गलैंचा उद्योगको उत्घाटन:निशुल्क तालिमको ब्यबस्था ।

धादिङ असोज -१३
हाेराईजन संबादाता

धादिङको नीलकण्ठ नगरपालिका -३ सिरान बजार स्थित शुभारम्भ गलैंचा उद्योगको उत्घाटन गरिएको छ । महिलाहरुलाई उद्यमसिलतर्फ अग्रसर गरि ब्यबस्थित,उत्पादनमुखी व्यावसायिक एबम आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको शुभारम्भ गलैंचा उद्योगका संचालक ईमान तामाङले होराईजन खबरलाई बताउनु भयो ।

चाइनाबाट ल्याएको तिबेटिन धागो,युरोप, न्युजिल्यान्डबाट ल्याएको उनको धागो उक्त गलैंचा बुनाइमा प्रयोग गरिन्छ । ३ जना अनुभवी प्रशिक्षक रहेकोे उक्त उद्योगमा करिब ५० जनाले तालिम गर्न र लिन सक्नेछन ।

तीन महिनासम्म निशुल्क तालिम गरिने तालिम प्राप्त गरिसकेपछि निशुल्क मेसिन सहित आफ्नै घरमा राखेरापनि बुन्न सकिने भरपर्दो सिपमुलक,आम्दानीमुलक कार्य रहेकाले पुरुष महिला सबैले यो अफरमा सिक्न जरुरी रहेको तामाङले बताउनु भयो ।

नेपालमा पछिल्लो समयमा उत्पादनमुखी कृषि व्यावसायिक क्षेत्रमा सरकारले विभिन्न अनुदान दिदै आइरहेकोमा गलैंचा उद्योगलाई पनि उत्पादन,बिकास र व्यावसायिक बनाउन आबस्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here