धादिङका दिपक विश्वकर्म दलित मुक्ति मोर्चा बागमती प्रदेशको अध्यक्षमा मनोनीत

धादिङ -असोज १३
होराईजन संबादाता

नेपाल दलित मुक्ति मोर्चाको बागमती प्रदेश अध्यक्षमा धादिङका दिपक विश्वकर्मा मनोनित भएका छन् । मङ्गलबार पेरिसडाँडा, काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले विश्वकर्मालाई बागमती प्रदेश अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यस्तै इन्चार्जमा भने बुद्धि नेपाली मनोनित भएका छन् । नेकपा(माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय पूर्ण बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो

नेपालको विभिन्न संघर्षको मोर्चाहरुमा दलितको नेतृत्व गर्दै आएका विश्वकर्मा नेकपा(माओवादी केन्द्र) धादिङको सचिवालय सदस्य एवं नीलकण्ठ नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here