मङ्गलबार धादिङमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि:३१ सक्रिय संक्रमित

धादिङ असोज -१२
होराईजन संबादाता

मंगलबार धादिङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा धुनिबेसी १ र गंगाजमुनामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

मंगलबार डिस्चार्ज हुनेको संख्या शुन्य रहेको छ भने हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३१ रहेको छ ।

जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा २८ जना रहेका छन् । ४६ एण्टीजेन परिक्षण मध्ये ४ पोजिटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here