नेत्रावती डबजोङ–२ मा शहिद सम्पर्क संकल्प पाँचौ स्मृति खुल्ला फुटबल प्रतियोगिता असोज २०देखी हुने

धादिङ असोज-१२

होराईजन खबर संबादाता

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं.–२ मार्पाक पोखरामा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि सुकेल छार युवा क्लव नेत्रावती डब्जोङ गाउँ पालिका वडा नम्बर–२, मार्पाक पोखराद्धारा शहिद सम्पर्क संकल्प पाँचौ स्मृति खुल्ला फुटबल कप आयोजना गर्ने भएको हो । सुकेल छार युवा क्लवबाट आयोजना गर्न लागेको खुल्ला फुटबल कप यहि असोज २० गते देखि पोखरा खेल मैदानमा सुरु हुने भएकोले सम्पुर्ण खेलप्रेमी खेलाडी हरुलाई यसै सुचना मार्फत सुचित गराएको आयोजक तर्फबाट लालबिर गुरुङले होराइजन खबरलाई जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको बिजेताले नगद रु ५० हजार पाँच रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु ३० हजार तिन रुपैयाँ, मेडल र प्रमाणपत्र, सेमिफाईनलबाट बाहिरिने २ टिमले नगद रु १०–१० हजार र प्रमाणपत्र साथै प्रतियोगिताको उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर र उच्च गोलकर्ताले ट्रफि र मेडल पाउने आयोजकले जनाएको छ । प्रतियोगिता असोज २० गते देखि शुरु हुने भई फुलपातीको दिन फाईनल हुने गरि निर्णय भएको साथै प्रतियोगिता सम्बन्धी अन्य बिबरणको लागि तल उल्लेखित ब्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्पर्क नम्बरः
दिनेश गुरुङ– ९८६९३१९९५
सिद्धार्थ घले– ९८४२३८३२११
सुरेश लोप्चन– ९८६०२४९४१३

खेल बिबरणः
खेलाडी संख्याः ११ जना
टिम दर्ता शुल्कः रु, ५०००
प्रथम पुरस्कारः रु.५०,५०५ं ट्रफी, मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कारः .रु.३०,३०३ं ट्रफी, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कारः १०,०००ं-१०,०००
टिमदर्ता गर्ने मितिः १५ गते देखि १९ गते सम्म
फाईनल खेलः २६ गते फुलपातीका दिन
पुनश्चः( खाने बस्नेको ब्यबस्था खेलाडी आफैले गर्नुपर्नेछ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here