आज बाट दसैंमा घर जाने बसको टिकट खुल्यो

काठमाडौ । सोमबार बिहानै गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट काट्न मानिसहरू भेला भइसकेका थिए।
सरकारले आजैदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो।
लामो तथा मध्यम दूरीका बसले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा भिड लागेको छ।

कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।
भिडभाड कम गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ पनि थप गरेको छ।
प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताए।
नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।

काठमाडौं महानगरपालिका-२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here