धादिङ, असोज -१० । नेपाली काङ्ग्रेस खनियाबास -३ कुरिका २३ क्रियाशिल सदस्य द्वारा सामुहिक राजीनामा दिएका छन ।
गाउँपालिकाको १४ औ अधिवेशनमा प्रत्याशी सभापतिमा
उम्मेदवारी दिएका हरि तामाङ माथी पार्टीको बिधान बिपरित नत सहमति वा निर्वाचन प्रक्रिया नै पूरा नगरी एकलौटी निर्णय बाट गाउँपालिका कार्य समिति गठन गरिएको भन्दै सामुहिक रुपमा राजीनामा दिएको होराईजन सम्बादाता सबिना तामाङले जानकारी गराए ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धादिङको ११ वटा स्थानिय तहमा अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको गाउँ नगर अधिवेशनमा जिल्लाको १३ स्थानिय तहमध्ये ११ वटा स्थानिय तहहरुमा सभापतीको चयन भएका छन् । जसमा ९ स्थानिय तहमा सर्वसम्मत र २ वटामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेकाे छ ।