११ पालिकाकाे अधिवेशन सम्पन्न २ पालिकामा स्थगित , काे काे भए त पालिका सभापति ?

    
 

नीलकण्ठ नगरपालिका र रुविभ्याली गाउँपालिकाको निर्वाचन स्थगित भएको नेपाली काँग्रेस धादिङले जनाएको छ ।नीलकण्ठमा शनिबार साँझ सुरु भएको मतदान दुई पक्षबीच विवाद चुलिएपछि स्थगित गरिएको थियो।धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन,भिम प्रसाद ढुङ्गाना र रामचन्द्र पौडेल पक्षका रमेश धमला ,रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् ।पाख्रिन–ढुङ्गाना पक्षबाट शम्भुसिङ ठकुरी र रमेश धमला रामनाथ अधिकारी पक्षबाट ध्रुव प्रसाद रिजाल सभापतिका उम्मेदवार रहेका छन् । 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धादिङको ११ वटा स्थानिय तहमा अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको गाउँ÷नगर अधिवेशनमा जिल्लाको १३ स्थानिय तहमध्ये ११ वटा स्थानिय तहहरुमा सभापतीको चयन भएका छन् । जसमा ९ स्थानिय तहमा सर्वसम्मत र २ वटामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेकाे छ ।

ज्वालामुखी, त्रिपुरासुन्दरी, गजुरी, वेनिघाट रोराङ, गल्छी, थाक्रे,नेत्रावती डवजोङ,खनियाबास गाउँपालिका र धुनिवेशी नगरपालिकामा सर्वसम्मत भएको र सिद्धलेक र गंगाजमुना गाउँपालिकामा भने निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो।

सर्वसहमतिबाट धुनिवेसीमा सुरज उप्रेती, गल्छीमा दिपक कार्की, थाक्रेमा रामप्रसाद बिडारी, गजुरीमा भुमी कँडेल, वेनिघाट रोराङमा ऋषि त्रिपाठी, ज्वालामुखीमा रेशमराज काप्री, त्रिपुरासुन्दरी राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ र नेत्रावती डवजोङ गाउँपालिकामा ठाकुर गुरुङ  चुनिएका छन् ।

यस्तै सिद्धलेकमा रामशरण गिरि र गंगाजमुना गाउँपालिकामा फैसिंह तामाङ मतदानबाट प्रक्रियाबाट सभापति चुनिएका कांग्रेस धादिङका जिल्ला कार्यसमिति सदस्य तिमिल्सीनाले बताउनुभयो ।