कोभिड नेपाल : २४ घण्टामा ७३० मा कोरोना पुष्टि, १ हजार २७९ संक्रमणमुक्त, ९ जनाको मृत्यु 

असोज — १० । पछिल्लो २४ घण्टामा नेपालमा ७३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५८९ पीसीआर परीक्षणमा आइतबार देशभर थप ७३० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार १४७ परीक्षणबाट १०४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ७३६ परीक्षणमा ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।
हालसम्म देशभर ४१ लाख ६२ हजार ४२२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १९ हजार १४२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here