स्पेनी टापुमा “ला पाल्मा ज्वालामुखी” हजारौँ मानिस प्रभावित

    
 

एजेन्सी । स्पेनको ला पाल्मा टापुमा कुम्ब्रे भिएखा ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस प्रभावित भएका छन्।

केही दिनअघि भूकम्प आएपछि आइतवारदेखि उक्त ज्वालामुखीबाट लाभा बग्न थालेको हो।

समुद्रको पानीमा लाभा पुगेपछि रासायनिक प्रतिक्रिया हुने र त्यसबाट थप विस्फोटन हुने अनि विषाक्त ग्यास निस्किने चेतावनी स्थानीय अधिकारीहरूले दिएका छन्।