चितवन मेडिकल कलेजमा देखिएको बेथिति नियन्त्रणमा मेरो पहिलो प्राथमिकता : प्रजिअ आशमान तामाङ

चितवन असोज -८

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले चितवनमा हुने सबै अपराधिक घटना न्यूनीकरणमा आफूले विशेष पहल कदमी गर्ने बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारीको रुपमा चितवन पुग्नु भएको तामाङले विहीबार पत्रकारहरुसंग भेटघाट गर्दै जिल्लाको शान्ती सुरक्षालाई मजबुद बनाउने, जनतालाई छिटो र छरितो रुपमा सेवा उपलब्ध गराउने, हरेका सरकारी कार्यालयहरुको काम चुस्त बनाउने तयारी रहेको बताउनु भयो । आफ्नो कार्यकाल अवधिभर कुनै पनि सेवा ग्राहीहरुको गुनासो सुन्न नपर्ने तरिकाले काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।तामाङले चितवन मेडिकल कलेज सिटीको रुपमा विकास भइरहेकाले यसमा देखिएको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताउनु भयो ।

‘चितवन मेडिकल कलेज एउटा शिक्षाको हबको रुपमा विकास भइरहेको छ, यसमा देखिएको बेथिति नियन्त्रणका लागि म प्रतिवद्ध भएर लाग्छु’–प्रजिअ तामाङले भने ।

शान्ती सुरक्षा, सरकारी कार्यालयमा सेवाग्राहीहरुले भोग्नु परेको सास्ती, सहजै रुपमा हल गरी एउटा कुशल राष्ट्रसेवक कर्मचारीको रुपमा स्थापित हुन सबै कार्यलयहरुलाइ अग्राह समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here