मृगाैला पिडित ख्रिष्टमाया तामाङ बचाउ अभियानमा सहयाेग जुट्ने क्रम जारी

खनियाबास निबासी ३५ बर्षकि ख्रिष्टमाया तामाङको दुबै मृगाैला फेल भई मृगाैला प्रत्यराेपण गर्नु पर्ने भएकाे छ । पिडित तामाङको हाल पाेखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भै रहेकाे छ । अार्थिक अवस्था कमजाेर भएकाेले दैनिक उपचार खर्च धान्न समेत कठिन भएकाे उहाँका दाजु राजेन्द्र तामाङले जानकारी दिनुभयाे ।

हाल केही व्यक्तिहरूकाे सहयाेगमा उपचार हुँदै अाए पनि उपचारको निम्ति आवश्यक रकम जुट्न सकेकाे छैन । पिडित तामाङलाई बचाउन करिव १८ लाख भन्दा बढि खर्च लाग्ने अस्पताल स्राेतले भनेकाे र अाफुले सबै खर्च गर्न नसक्ने कारण सबैमा सहयोगको अपेक्षा गरिएकाे दाजु राजेन्द्र तामाङ बताउनु हुन्छ । सहयाेग गर्न चाहनुहुने महानुभावहरूले सनराईज बैककाे खाता नं ०३५०६१८८५२२०२००१ मा वा उहँकाे फाेन नं ९८६९१४४१०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here