धादिङमा राप्रपाको अधिवेशन:जिल्ला अध्यक्षमा ४ जनाको उम्मेदवारी

धादिङ -असोज ७

हाेराईजन खबर संबादाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अध्यक्षको लागि ४ जनाको उम्मेद्बारी दर्ता भएको छ।

ध्रुव खनाल, नवराज श्रेष्ठ, बुद्धि बहादुर तामाङ र सान्त बहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
निवर्तमान अध्यक्ष श्रेष्ठ र नेता खनाल मुख्य आकांक्षीको रुपमा देखिएका छन् । बुद्धि र सान्त पनि कमजोर प्रत्यासी भने होइनन् ।

केन्द्रमा देखिएको कमल थापा समूह र पशुपति समसेर राणा समूहको गुटको प्रभाव जिल्ला नेतृत्वमा पनि परेको छ । धादिङमा थापा समूहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ छन् भने राणा समूहमा पूर्व जलश्रोत राज्य मन्त्री ठाकुर शर्मा प्रत्यक्ष देखिएका छन् ।

जिल्ला अध्यक्षका उम्मेदवार नवराज श्रेष्ठ ‘बुद्धिमान’ समूहका हुन् भने ध्रुव खनाल ‘ठाकुर’ समूहका हुन् । बुद्धि बहादुर र सन्त भने कुनै समूहमा पनि खुलेर लागेको देखिदैन । तर दुबैजना यसअघि बुद्दिमानका समर्थक हुन् ।

यो जिल्ला अधिवेशनबाट करिव १ सय ८५ जनाले जिल्ला अध्यक्षका लागि मतदान गर्नेछन् । जिल्ला कार्यसमितिमा अध्यक्षसहित ४१ जना निर्वाचित हुने राप्रपा धादिङले जनाएको छ ।

४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट ८४ जना, २ वटा संघीय निर्वाचन क्षेत्रबाट ६२ जना पार्सदले जिल्ला अधिवेशनमा मतदान गर्नेछन् । संघ, प्रदेश र स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि स्वतः मतदाता हुनेछन् ।

नगरपालिकाभित्रका एक वडाबाट महिला एक, उत्पीडित एक र खुल्ला एकसहित वडाका पार्टी अध्यक्षसहित ४ जनाले मतदान गर्न पाउनेछन् । जिल्लाभित्रबाट पार्टीको केन्द्रिय सदस्यहरु पनि स्वतः जिल्ला अधिवेशनको पार्सद हुनेछन् ।

हाल देसैभरी राप्रपाको विभिन्न स्थानीय तहहरुमा अधिबेशन चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here