यौन व्यसाय संचालन गरेको आरोपमा धादिङ थाक्रेका तामाङ दम्पती पक्राउ

धादिङ असोज -७

यौन ब्यबसाय संचालन गरेको आरोपमा धादिङको थाँक्रेका तामाङ दम्पती सहित ३ जनालाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ लायन्सचोक स्थित विकास खाजा घरभित्र यौन व्यसाय संचालन गरेको आरोपमा पक्राउ गरेको छ ।

खाजा घरमा कामदार राखिएकी महिलालाई यौनधन्दामा संलग्न गराउने गरेको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का भोजबहादुर तामाङ, उनकी श्रीमती विपना तामाङ र होटलमा ग्राहक बनेर आएका बाराको बारागढी गाउँपालिका–६ सिहसनीका राजेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइ लगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै आएको खुल्न आएको प्रहरीको भनाइ छ । घटनामा संलग्न पीडित महिलाको उद्धार गरिएको र पक्राउ परेका तीनजना विरुद्ध मानव बेचबिखन मुद्दामा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here