नेकपा एमाले उत्तरी धादिङको कार्यकर्ता भेला सम्पन्न

नेकपा एमाले केपि शर्मा ओलि निकट उत्तरी धादिङ खनियाबास १ को कार्यकर्ता भेला तथा छलफल कार्यक्रम धादिङ जिल्ला को बिच बजार स्थित हाम्रो क्याफेको सभा हलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बागमति प्रदेश मनोनीत नेकपा एमालेका प्रदेश सदस्य मङ्ग तामाङको अतिथ्यता रहेको थियो । सोही अवसरमा अबको रणनीति, कार्यक्रमहरु, लक्ष उदेश्य एबं अब पार्टिलाई कुन तरिकाले अगाडी बढाउने भन्ने जस्ता विषय वस्तुहरुमा छलफल गरिएको थियो ।

साथै अब चाडै नै जनता माझ वडा अनि गाउँ गाउँमा गएर सत्यताको प्रमाण सहित जाने कुराहरुमा छलफल भएको सन्दिप (सेम्चेन) तामाङले होराईजन खबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here