सानिमा बैंकले आफ्ना शेयर लगानी कर्तालाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा

    
 

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिको बैठकले कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो। 

उक्त लाभांशमध्ये बोनस सेयरमा लाग्ने कर समेत गरी नगद लाभांश ०.८९४७ प्रतिशत र बोनस सेयर १७ प्रतिशत दिने भएको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ।  
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ छ। यसअघि माछापुच्छ्रे बैंकले पनि हिजो लाभांश घोषणा गरेको छ।बैंकले चुक्ता पुँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो। 

उक्त लाभांश अन्तर्गत बैंकले १३‍.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ।  
 (source ; setopati)