हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार’ द्वारा धादिङ पोस्टका प्रधान सम्पादक सम्मानित

    
 

धादिङमा लामो समयदेखी पत्रकारीता पेशामा सक्रिय पत्रकार नारायण सिलवाल सम्मानित हुनुभएको छ।

फोटो पत्रकार समुह बागमती प्रदेशका अध्यक्ष समेत रहनु भएका फाेटाे पत्रकार सिलवाल धादिङ पोष्ट डट.कम.का प्रधान सम्पादक हुन् । सिलवाल“हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार” पर्या–पर्यटन फोटो पुरस्कार २०७६ बाट सम्मानित हुनुभएको हो । राष्ट्रीय फोटो पत्रकार समूहको १२ औँ अधिवेशनको अवसरमा सिलवाललाई सम्मान गरीएको हो।

कार्यक्रमका प्रमुख अतिथी तथा काठमाण्डौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले प्रमापत्र तथा दोसल्ला ओढाएर पत्रकार सिलवाललाई सम्मान गर्नुभएको हो।