धादिङ बाट नेकपा (एस) को उपाध्यक्षमा राजेन्द्र पाण्डे र उप महासचिवमा डा. गंगालाल तुलाधर

असोज ७ । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठकले धादिङका नेताद्वय राजेन्द्र पाण्डेलाई उपाध्यक्ष र डा. गंगालाल तुलाधरलाई उप महासचिवमा बनाउने निर्णय गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठनेतामा झलनाथ खनाल, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, प्रमेश हमाल, महासचिवमा डा‍. बेदुराम भुसाल, उपमहासचिवहरुमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र सचिवहरुमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ रहने निर्णय गरेको छ ।

नेकपा एसको पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ । पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ । पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन हुने पनि सचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here