काँग्रेसकाे पालिका अधिवेशन असाेज ९ गते हुने

नेपाली कांग्रेसले वडा अधिवेशन भएका जिल्लामा  असोज ९ गते नै पालिका अधिबेशन गर्ने भएको छ ।

काँग्रेस पदाधिकारी बैठकबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले भने, “आजको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जहाँ समस्या छ, त्यहाँ प्रक्रियासंगत क्रियाशील सदस्यता टुंग्याउने, जहाँ वडा अधिवेशन भएको छ त्यहाँ  अधिवेशन नरोक्ने निर्णय गरेको छ ।”

प्रवक्ता शर्माले थप भने, ‘नेपाली काँग्रेस महाधिवेशनको क्रममा छ, यसक्रममा कतिपय जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक हुन बाँकी छ,अधिकांश जिल्लाको हकमा भने वडा तहको अधिवेशन सम्पन्न भएर पालिका तहको अधिवेशन ९ गतेका लागि निर्धारित छ, यो बेलामा नेपाली काँग्रेस केन्द्रिय समिति अन्तर्गतको पार्टी पदाधिकारी, पूर्व पदाधिकारीहरुको  आज बसेको बैठकले गहिरो विमर्श गरेर छलफल गरेर अहिलेको बेलामा अधिवेशनका सबै प्रक्रियाहरुलाई जहाँ अवरुद्ध छन् तिनलाई सहमति पूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेका छन्, ति प्रक्रियाहरुको सन्दर्भमा पनि एउटा निश्चित टुंगो गर्ने,भन्ने विषयमा छलफल भयो मूलतः नेपाली काँग्रेस पार्टीको निर्वाचनका जति प्रक्रियाहरु छन्, यी सबै प्रक्रियाहरु पार्टीको केन्द्रिय निर्वाचन समितिमार्फत्बाट निर्वाचित निर्वाचित समितिको नेतृत्वमा निर्वाचन समितिले खटाएका प्रतिनिधिहरुले स्थानीय स्थिती बमोजिम र गर्दै आउनुभएको छ, गर्ने हाम्रो प्रचलन छ, त्यसैले अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ,ति ठाउँहरुको हकमा ९ गतेका लागि पालिका स्तरीय जुन अधिवेशन छ, त्यो यथावत छ, त्यो ९ गतेका लागि पूर्व निर्धारित समयमै पालिकाहरुको अधिवेशन हुनेछ,पार्टीको अन्य तहको अधिवेशन ९ गते पछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरुको क्रियाशील टुंगाउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रिय समितिले आवश्यक्ता अनुसार यस बारेमा प्रक्रियालाई कुन रुपमा लिएर जाने भन्ने कुराको टुंगो लगाउनेछ, आजको बैठकले ९ गतेको लागि पूर्वनिर्धारित पालिका स्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रैमा बाँकी जिल्लाहरुको क्रियाशील सदस्यहरुको टुंगो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here