नेकपामाओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन गर्ने

काठमाडाैं असोज -५

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ । 

माओवादी केन्द्रले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेस र केन्द्रीय समितिका सबै कमिटीको नेतृत्व चयन निर्वाचनबाटै चुनिएर आउनुपर्ने गरेर कार्यविधि तयार पारेको हो ।
माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय पहिले नै गरिसकेको छ । अब माओवादीले तल्ला कमिटीबाटै नेतृत्व चुनिएर आउने गरेर कार्यविधि तयार पारेको हो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले वडादेखि केन्द्रसम्म २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन भएर आउने जनाए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख
छ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अनन्तले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै हुने र त्यसै अनुसारको तयारीमा जुुट्न निर्देसन दिएका हुन् । 

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।

बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच/पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए ।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here