ने.बि संघ गल्छीका संयोजक पुलामी मगर द्वारा प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा

नेपाल बिद्यार्थी संघ गल्छी गा.पा समन्वय समितिको संयोजक राजु पुलामी मगरले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागी धादिङ जिल्ला क्षेत्र न. १ प्रदेश सभा ‘क’ को लागी उम्मेदवारी घोषणा गरेका छन् ।

स्कुले जिवन देखि नै राजनीतिमा सक्रिय पुलामी १३ अाै महाधिवेशनमा गाउँ विकास समितिको सदस्य थिए । ने. बि संघ रत्नराज्य लक्ष्मी क्याम्पसलका सहसचिव हुदै हाल उनी ने.बि संघ गल्छी गा.पा समन्वय समितिको संयोजक समेत हुन् ।

“कार्ययोजना-सम्पूर्ण स्थानिय तहमा कार्यकर्तालाई नियमित प्रशिक्षण र सक्रिय परिचालन गर्न सक्ने काँग्रेस, भष्ट्राचार र घुसखोरीको निमिट्यान्न बनाउन सक्ने काँग्रेस, आफ्नो वडामा सञ्चालित सम्पूर्ण योजनाको अनियमिततामा प्रश्न चिन्न खडा गर्न सक्ने काँग्रेस, शत प्रतिशत नागरिकलाई सामान्य अंकगणितको ज्ञान मात्र नभएर वितिय साक्षरता देखि साइबर सुरक्षा सम्म बाड्न सक्ने काँग्रेस, राजनिति प्रतिको सामान्य नागरिकमा फैलिएको राजनिति बितृष्णा हटाई राजनिती प्रतिको‌ घृणालाई हटाउन सक्ने काँग्रेस, Power पोलिटिक्स होइन, इथिक्स पोलिटिक्स गर्ने काँग्रेस लगायत यी र यस्तै दर्जनौ बुलन्द आवाज सहित मेरो उम्मेदवारी घोषणा गर्दछु” अाफ्नाे उम्मेदवारीमा उहाँले भन्नू भएकाे छ ।
हाँक्की, निडर, नेतृत्वदायी भुमीका निर्वाह गर्न सक्ने क्षमता भएका पुलामी सामाजिक सञ्जालमा‌ अप डेटेड र फ्रिल्यान्समा रुची राख्छन् । यस अधि सम्पन्न काँग्रेसकाे वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि चयन भैसक्नु भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here