अखिल क्रन्तिकारी धादिङको सम्मेलन सम्पन्न , अध्यक्षमा विनाेद अाचार्य चयन

धादिङमा सम्पन्न माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी धादिङको २१ औं जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले विनोद आचार्य अध्यक्ष रहने गरी ६१ सदस्य जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनबाट उपाध्यक्षमा गणेश श्रेष्ठ, सुजाता कडेल सचिवमा रुपेस सिंखडा, सह-सचिवहरुमा प्रयास घले, निर्देश अर्याल र आकृति सिंखडा, तथा कोषाध्यक्षमा सक्कल रिजाल चयन भएका छन् ।

अखिल क्रान्तिकारी धादिङका संयोजक उपेन्द्र जम्कट्टेलको अध्यक्षतामा भएको २१ औँ जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दिपक देवकोटाको प्रमुख आतिथ्यता, नेकपा(माओवादी) केन्द्रका केन्द्रीय सदस्य एव धादिङ जिल्ला इन्चार्ज सालिकराम जम्कट्टेलको विषेश आतिथ्यता त्यसैगरी पूर्व मन्त्री एवं माओवादी नेतृ कल्पना धमला, माओवादी केन्द्र धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारी, जिल्ला अध्यक्ष विजय बुर्लाकोटी लगायतकाे अातिथ्यता रहेकाे थियो । कार्यक्रममा अखिल क्रान्तिकारी धादिङसँग आबद्ध जिल्लाभरका करिब ३ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीले आजै जिल्ला सम्मेलनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको थियो । उक्त कार्यक्रममा ४ जना महिला र २४ जना पुरुष गरि २८ जनाले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here