खानियाबाँसमा अखिल (क्रान्तिकारी) को पहिलो पटक पालिका कमिटी गठन सम्पन्न !

धादिङ, भदौ-३० । खानियाबाँस गाउँपालिकामा नेकपा माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी) को पहिलो पटक प्रशान्त तामाङको नेतृत्वमा ४१ सदस्यीय पालिका कमिटी गठन सम्पन्न भएको होराईजन सम्बादाता सुर्य तामाङले बताए ।

उक्त भेलामा सभापती पालिका सह-इन्चार्ज कृष्ण ब. तामाङ, प्रमुख अतिथि राम ब. भन्डारी , बिशेश अतिथीमा
अखिल ( क्रान्तिकारी) जिल्ला इन्चार्ज बिमल तामाङ, अन्य अतिथीमा खनियाबास वडा न. २ को पार्टीका वडा अध्यक्ष प्रेम ब तामाङ, YCL सचिवालय सदस्य राजन लम्साल, गणेश श्रेस्ठ लगायतका आतिथ्यता रहेको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी धादिङका सह-इन्चार्ज राम ब. भन्डारीले खानियाबसमा फेरि क्रान्ति गरि वर्गसंघर्ष गर्ने प्रतिबद्धता गर्नु भयो ।

त्यसै गरि अखिल (क्रान्तिकारी) इन्चार्ज बिमल तामाङले भेलालाई सम्बोधन गर्दै २०२२ सालमा स्थापना भएको अखिल (क्रान्तीकारी) आफ्नो पालामा मात्रै धादिङमा सम्पर्क कार्यलय स्थापना गरिएको जनाए । साथै पाट्रीको कार्यलय भवन तथा जग्गा खरिदमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here