धादिङको त्रिपुरासुन्दरिमा ५० जनाले गरे रक्तदान

धादिङ २६ भाद्र
विश्व प्राथमिक उपचार दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शनिवार त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ सल्यान्टार धादिङमा नेपाल रेडक्रस सोसाईटी आगिञ्चोक उपशाखाको आयोजनामा भएको रक्तदानमा ६ जना महिला र ४४ जना पुरुष गरी ५० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रगत अभावका कारण धादिङ जिल्लामा कुनै पनि विरामीहरुको अकालमै ज्यान नजाओस् भनी नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here