धादिङमा राप्रपाका युवा विद्यार्थी संघले MCC खारेजीको माग गर्दै बिरोध प्रदर्शन ।

धादिङ, भदौ २७ ।
धादिङमा राप्रपाका युवा विद्यार्थी संघद्वारा MCC खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।
देश बेच्न पाईदैन, एमसीसी चाहिदैन, ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाइ जुलुस प्रदर्शन गरि जिल्ला प्रसासन कार्यलयमा ज्ञापन पत्रसमेत बुझाएका छन ।
अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा जी सुमर सहितको प्रतिनिधिमण्डलले करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदानबारे थप स्पष्ट बनाएसँगै चार वर्षयता जारी एमसीसी सम्बन्धी विवाद निर्णायक चरणमा प्रवेश गरेको बताइएको छ ।

सुमरको भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको एमसीसी कम्प्याक्टलाई संसद्बाट अनुमोदन गराउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेभने आफ्नो दलभित्र उक्त विषय छलफलमा रहेको भन्दै एमसीसीमा राष्ट्रिय सहमतिको पक्षमा आफू रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here