अर्थमन्त्री शर्मा र फतिमा बीच आज भेटवार्ता

काठमाडौँ, २६ भदौ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपाध्यक्ष फतिमा जेड सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मासँग भेटेका हुन् ।

एमसीसीको विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । उपाध्यक्ष सुमारले एमसीसीलाई संसदबाट शिघ्र अुनमोदन गर्न आग्रह गरेकी छिन् । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदुतसहित एमसिसीका पदाधिकारीको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here