साङ्कोष तिप्लिङ सडक निर्माणको ३ दशक हुनै लाग्दा पनि सडकको अवस्था दयनीय

भाद्र- २३, धादिङ जिल्लाको सदरमुकाम बाट उत्तरी भेग तर्फको नाका स्थित साङकोष सडक, खनेर दुई दशक पूरा भई तीन दसकमा पाइला टेकिसकेको छ । तर सडकको भौतिक संरचना अत्यन्तै नाजुक अबस्थामा रहेको छ । देशमा लोकतन्त्र स्थापना भएको हो अथवा होइन त्यो भन्ने कुरा धादिङ जिल्लाको उत्तरी भेगको सर्वसाधारण जनताले बुझ्न सकेका छैनन् ।

जनता अझै पनि पीडित नै छन् राजनीतिक कसले गर्‍यो, यो सडक बाट प्रस्ट हुन्छ । यही सडकमा कैयौं पत्रकार हिँडे, कैयौं शिक्षक हिँडे, कैयौं सामाजिक अभियान्ता हिँडे, कैयौं नेता कार्यकर्ता हिँडे, कैयौं बुद्धिजीवी हिँडे तर कसैले पनि कलम चलाउन सकेनन् ! आवाज उठाउन सकेनन् , दिगो स्थायित्व र पक्की सडक निर्माण गर्न सकेनन् ।

मात्रै सोझा साझा जनता माझ छारो छर्ने, बिनियोजित रकम रुछाचुडी भागबन्डा गर्ने अनि केहि ब्यक्तिहरु, कुनै राजनैतिक दलका नेता कार्यकर्ता, ठेकेदारहरु रातारात धनी हुने ।

अतःह, आज यो समाज बिकास र परिवर्तन उन्मुख तिर होइन , कसैको उत्थान को निम्ति समाज सृजित भएको देखिन्छ ।
जय सडकेश्वरि !!!

श्रीसान तामाङ (खनियाबास गाउँपालिका, प्राबिधिक) को फेसबुक वाल बात साभार एबं केही सब्द तथा वाक्यहरु परिवर्तित !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here