बिहिवार देखि काठमाडौ उपत्यकामा फिल्म हल खुल्ने

काठमाडौ- बिहीबारदेखि काठमाडौं उपत्यकामा फिल्म हल खोल्न दिने जिल्ला प्रशासन कार्यालयको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपेको छ । करिव ४ महिनायता बन्द रहेका हलहरु खुल्ने निर्णयसँगै भोलिबाटै हल खोल्ने तयारीमा चलचित्र संघ रहेको छ । तर तत्काल नयाँ फिल्म भने लाग्ने छैनन् । 

चलचित्र संघका महासचिव अशोक शर्माले उपत्यकामा भोलिबाटै चलचित्र हल खोल्ने बताए । ‘उपत्यकामा हल खोल्ने निर्णयले हामी उत्साहित भएका छौँ । हामी भोलिबाटै हल खोल्न तयारीमा छौँ’ शर्माले भने, ‘सबै हल नखुले पनि केही खुल्नेछन् ।’

सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय पुर्ण पालन गर्ने बताएका शर्माले केही भने मर्मतमा रहेकोले समय लाग्ने सुनाए ।
‘अहिले हल त खुल्छ । तर नयाँ फिल्म कस्ले देला ?’ शर्माले थपे ‘अहिले खुल्यो भने दशैँसम्ममा नयाँ फिल्म रिलिजको माहोल बन्छ । त्यसैमा हामी खुसी छौँ ।’

उपत्यकामा मात्र होइन बिस्तारै देशभरका हल समेत खुलाउनु पर्ने शर्माले माग राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here